थप नयाँ पोजेटिभ देखिएको छैन : स्वास्थ्य मन्त्रालय

थप नयाँ पोजेटिभ देखिएको छैन : स्वास्थ्य मन्त्रालय

५ वैशाख, काठमाडौँ । नेपालमा अहिलेसम्म २४ हजार २५३ जनाको कोरोना परिक्षण भएको छ ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले नियमित मिडिया ब्रिफिङका क्रममा सो जानकारी दिएका छन् ।

अहिलेसम्म स्व़ाब टेस्ट अर्थात पिसीआरबाट ७ हजार ६८८ जनाको परिक्षण भएको छ भने र्यापिड डाइग्नोष्टिक टेस्टबाट १६ हजार ५६५ गरि अहिलेसम्म कुल २४ हजार २५३  जनाको नमुना परिक्षण सम्पन भएको छ ।      

प्रवक्ता देवकोटाले अब २ जिल्ला सोलुखुम्बु र डोल्पामा र्यापिड टेस्ट शुरु गर्न बाँकी रहेको र यी जिल्लामा पनि छिट्टै शुरु गर्ने जानकारी दिएका छन् । 

अहिलेसम्म देशभर ४ हजार ६०७  जना क्वारेन्टाइनमा छन् भने ९०  जना आइसोलेसनमा रहेको प्रवक्ता देवकोटाले जानकारी दिएका छन् ।

त्यस्तै पाटन अस्पतालमा पनि पिसिआर जडान भएको र देशभर १४ ठाउमा पिसीआर विधिबाट परिक्षण भइरहेको उनले जानकारी दिए ।

त्यस्तै थप ३० हजार र्यापिड टेस्ट किट प्रदेशहरुमा आवश्यकता अनुसार पठाइएको कुल ६५ हजार र्यापिड टेस्ट वितरण गरिएको प्रवक्ता देवकोटाले जानकारी दिएका छन् ।     

नेपालमा थप पोजेटिभ देखिएको छैन भने अहिलेसम्म यसअघि कै १६ जनामा कोरोना संक्रमित पोजेटिभ देखिएको छ । संक्रमित मध्ये एक जना ठिक भएर घर फर्किएका छन् भने १५ जना अहिले विभिन्न अस्पतालमा उपचार रहेको प्रवक्ता देवकोटाले जानकारी दिएका छन् ।

अहिले सेती प्रादेशिक अस्पतालमा ५ जना, नारायणी अस्पताल वीरगन्जमा ४ जना, शुक्रराज अस्पताल टेकु, धौलागिरी अस्पताल बागलुङ र पाटन अस्पतालमा २-२ जना उपचारत रहेका छन् । साथै सबैको स्वास्थ्य अवस्था सामान्य रहेको प्रवक्ता देवकोटाले जानकारी दिएका छन् ।

Loading
TOP