कोरोना संक्रमित निको भएकामा प्रधानमन्त्री खुशी !

कोरोना संक्रमित निको भएकामा प्रधानमन्त्री खुशी !

७ वैशाख, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बागलुङकी ६५ वर्षीय मनकुमारी पौडेल कोरोना भाइरसमुक्त भइ अस्पतालबाट घर फर्किएकोमा उपचारमा संलग्न चिकित्सक, स्वास्थ्यकर्मी र सम्बद्ध सबैलाई धन्यवाद दिनुभएको छ ।

प्रधानमन्त्री ओलीले गएराति ट्विट गर्दै दम र उच्च रक्तचापबाट पीडित भएपनि बेजोडको आत्मविश्वासका कारण उहाँसँग कोरोना समेत पराजित भएको उल्लेख गरेका छन् । प्रधानमन्त्री ओलीले पौडेलको दीर्घायुको कामना समेत गरेका छन् ।

प्रधानमन्त्री ओलीले शनिबार नै काठमाडौँमा उपचाररत नेपालको दोस्रो सङ्क्रमित प्रसिद्धी श्रेष्ठ निको भएर घर फर्किएकामा पनि खुशी व्यक्त गरेका थिए ।

Loading
TOP