कैलालीका २१ वर्षीय युवकलाई डिस्चार्ज गर्ने तयारी

कैलालीका २१ वर्षीय युवकलाई डिस्चार्ज गर्ने तयारी

७ वैशाख, धनगढी । कोरोना भाइरस संक्रमणपछि उपचाररत कैलालीका एक युवकको पछिल्ला दुईवटा रिपोर्ट नेगेटिभ आएको छ।

सेती प्रादेशिक अस्पतालमा उपचाररत कैलालीको लम्कीचुहा नगरपालिका–९ प्रतापपुरका २१ वर्षीय युवकको दोश्रो र तेश्रो रिपोर्ट नेगेटिभ आएको हो। २२ चैतमा कोरोना भाइरस संक्रमण पुष्टि भएका उनको हिजो गरिएको दोस्रो जाँचको रिपोर्ट नेगेटिभ आएको थियो।

दोस्रो र तेस्रो रिपोर्ट नेगेटिभ आएपछि उनलाई डिस्चार्ज गरिने तयारी भईरहेको सेती अस्पतालका आकस्मिक विभाग प्रमुख डाक्टर जगदिश जोशीले बताए। भारको मुम्बइबाट १२ चैतमा फर्किएका उनी क्वारेन्टाइनमा बसेका थिए। उनलाई २२ चैतमा कोरोना भाइरस पोजिटिभ देखिएको थियो।ती युवाबाहेक सेती प्रदेशिक अस्पतालको आइसोलेसनमा अन्य चार जना संक्रमित उपचार गराइरहेका छन्।

काेराेना संक्रमण भएर निकाे हुने उनी नेपालकाे चाैथाे व्यक्ति हुन्। चीनबाट फर्केपछि संक्रमित भेटिएका नेपालकै पहिलाे संक्रमित युवा केहि हप्तामैं निकाे भएका थिए। टेकु अस्पतालमा उपचाररत् १९-वर्षे युवती र धाैलागिरी अञ्चल अस्पताल बागलुङमा उपचार गराएकी ६५-वर्षीय महिला निकाे भएर शनिबार अस्पतालबाट घर फर्केका थिए।

Loading
TOP