आइतबार भेटिएनन् कोरोनाका नयाँ संक्रमित : स्वास्थ्य मन्त्रालय

आइतबार भेटिएनन् कोरोनाका नयाँ संक्रमित : स्वास्थ्य मन्त्रालय

७ वैशाख, काठमाडौं । पछिल्लो २४ घण्टामा २ हजार १ सय ६८ जनाको नमूना परीक्षण गर्दाकुनै पनि नयाँ संक्रमित नभेटिएको जानकारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको छ। 

हाल शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा १, पाटन अस्पतालमा २, भरतपुर अस्पतालमा २, बागलुङमा १, धनगढीमा र वीरगञ्जमा ४÷४ र विराटनगरमा १३ जना संक्रमितको उपचार भइरहेको जानकारी प्रवक्ता डा विकास देवकोटाले दिए। 

उदयपुरमा भेटिएका १२ संक्रमितको सम्पर्कमा आएका व्यक्तिको कन्ट्राक ट्रसिङ भइरहेको मन्त्रालयले जनाएको। जसमध्ये ६९ जनाको पीसीर परीक्षणका लागि नमूना संकलन भएको छ भने आज पनि नमूना संकलनका लागि टोली खटिएका छन्। २ सय ५० बढीको नमूना संकलन गरिने मन्त्रालयले जनाएको छ। 

नेपालमा हालसम्म कोरोनाको आशंकामा २९ हजार ५ सय ६७ जनाको कोरोना परीक्षण भएको प्रवक्ता डा. देवकोटाले बताए। ८ हजार ८१ जनाको पीसीआर र २१ ह्जार ४ सय ८६ जनाको आरडीटीबाट कोरोना परीक्षण भएको हो। 

हाल काठमाडौं उपत्यकामा ५ र बाहिर ९८ गरी १ सय ३ जना आइसोलेसनमा छन्। ५ हजार १ सय ८० जनालाई क्वारेन्टाइनमा राखिएको प्रवक्ता देवकोटाले बताए।

आइतबार कैलालीका एक युवा निको भएर घर फर्किएा छन्। 

‘क्रस भेरिसिफेसन’ अब नेपालगञ्ज र धरानमा पनि हुने

विभिन्न प्रयोगशालामा गरिएको कोरोना परीक्षणको पुन: परीक्षण (क्रस भेरिसिफेसन) अब नेपालगञ्ज र धरानमा पनि हुने भएको छ ।

यसअघि टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले मात्र ‘क्रस भेरिसिफेसन’ हुने गरेको थियो । यदि अरु ल्याबमा गरिएको परीक्षणमा कोरोना पोजेटिभ देखिए टेकुले पुनः परीक्षण गरेपछि मात्र औपचारिक घोषणा गर्ने गरिन्थ्यो ।

स्वास्थ्य मन्त्रालयकाअनुसार आइतबार नेपालगञ्जस्थित भेरी अस्पतालमा पीसीआर विधिबाट परीक्षण सुरु गरिएको थियो । साथै भेरी र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानलाई ‘क्रस भेरिसिफेसन’ गर्न दिइने भएको छ ।

यसले कोरोना परीक्षणको रिपोर्ट अझ छिटो आउने भएको छ ।

Loading
TOP