मन्त्रिपरिषद् बैठक जारी

मन्त्रिपरिषद् बैठक जारी

८ वैशाख, काठमाडौं । मन्त्रपरिषद्को नियमित बैठकअन्तर्गत आज १२:३० बजेदेखि बैठक बसिरहेको छ। प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार बैठकमा कोरोना भाइरसको रोकथाम र नियन्त्रणबारे समीक्षा भइरहेको छ।

नेपालमा हालसम्म कोरोना भाइरसका ३१ जना संक्रमित भेटिएका छन्, जसमध्ये ४ जना निको भई घर फर्किएका छन्।

पछिल्लो समय भारतबाट आएका भारतीय नागरिकहरु कोरोनाबाट संक्रमित भेटिएपछि नेपालमा थप सतर्कता अपनाउने विषयमा छलफल भइरहेको बताइएको छ।

Loading
TOP