लकडाउनको आज २८ औं दिन

लकडाउनको आज २८ औं दिन

८ वैशाख, काठमाडौं । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि देश लकडाउन गरिएको आज २८ औं दिन । कोभिड–१९ को रोकथामका लागि सरकारले गत चैत ११ गते यता लकडाउन गरेपछि दैनिक जीवन प्रभावित भएको छ । सामाजिक दुरी कायम गर्न अवलम्बन गरिएको बन्दाबन्दिको अवस्थामा अत्यावस्यक काम र सेवाहरु भने सुचारु छन् ।

सोमबार पनि काठमाडौंमा नागरिकहरुले लकडाउनको पालना गरेको पाइएको छ । काठमाडौं उपत्यकामा बिहानको समयमा अत्यावश्यक सामग्री खरिद गर्नका लागि सर्वसाधारणहरु घर नजिकको पसल सम्म पुगेको भने देखिन्छ । सुरक्षाकर्मीहरु लकडाउन पालना गराउन सडकमा खटिएका छन् । चोकचोकमा बसेर नेपाल प्रहरीले सवारी साधन र पैदल यात्रीको चेकजाँच गरिरहेका छन् ।

अत्यावश्यक सेवाका सवारी साधन गुडिरहेका छन् । सरकारले वैशाख १५ गते सम्म लकडाउनको समय बढाएको छ । नेपालमा अहिले सम्म कोरोना भाइरस संक्रमणमा परेका व्यक्तिहरुको संख्या ३१ पुगेको छ भने ४ जनालाई निको भइसकेको छ ।

Loading
TOP