१३ काेराेना संक्रमित भेटिएकाे उदयपुरकाे भूल्केमा सबै मुस्लिम समुदायको स्वाब संकलन

१३ काेराेना संक्रमित भेटिएकाे उदयपुरकाे भूल्केमा सबै मुस्लिम समुदायको स्वाब संकलन

८ वैशाख, उदयपुर ।  १३ जना व्याक्तिमा एकैपटक काेराेना संक्रमणा देखिएपछि उदयपुरकाे भुल्केकाे सुरक्षा व्यावस्था कडा पारी सबैकाे स्वाब संकलनकाे कार्य भैरहेकेा छ ।

शनिबार प्रत्येक घरको मस्जिदमा जाने एक जना ब्यक्तिलाई लक्षित गरि ६० जनाको नमूना संकलन गरिएको थियो ।  भने परिक्षणको दोस्रोदिन आईतबार ५३ घर मुस्लिम समुदायको सबै जनाको स्वाब नमूना संकलन गर्ने कार्य भएकाे जिल्ला जनस्वाथ्य उदयपुरको प्रमुख मोहन सुबेदीले बताए ।

आइतबार लक्षित २२० जनाको नमूना संकलन गरिने त्रियुगानगरका प्रमुख बलदेब चौधरीले जानकारी दिए । मुस्लिम समुदाय सबै घरको सदस्य र छिमेकी र पसल गरेर बसेका छिमेकहरुको अन्य समुदायको समेत स्वाब लिएको जिल्ला प्रहरी कार्यालयको उपरीक्षक बीरबहादुर बुढामगरले बताए ।

साेमवार पनि स्वाब संकलन कार्य भइरहेकेा छ । यसअघि आइतबार १ सय ६ महिला र २८ पुरुषकाे स्वाब संकलन भइसकेकेा थियाे ।  उनीहरु सबैको पिसिआर प्रबिधीबाट गरिनेछ । भूल्के गाउँ पूरै शिलबन्दी गरिएको जिल्ला प्रमुख अधिकारी दिपक कुमार पहाडीले बताए ।

प्रदेश नम्बर १ को जनस्वास्थ्य निर्देशनालय प्रयोगशालको निर्देशक जबेन्द्र यादबको नेतृत्वमा ५ स्वास्थकर्मी टोलि खटेको छ भने जिल्लाको ल्याबका २ जना स्वास्थ्यकर्मी समेत रहेको जिल्ला जनस्वास्थ्य प्रमुख सुबेदीले जनाएको छ ।

Loading
TOP