कांग्रेसको आकस्मिक पदाधिकारी बैठक

कांग्रेसको आकस्मिक पदाधिकारी बैठक

९ वैशाख,  काठमाडौं। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले आकस्मिक रुपमा पदाधिकारी बैठक बोलाएको छ । सरकारको पछिल्लो कदमका बारेमा छलफल गर्न कांग्रेसले मंगलबार बिहान पदाधिकारी बैठक बोलाएको हो ।

बूढानीलकण्ठस्थित सभापति शेरबहादुर देउवाको निवासमा बिहान ९ बजे बैठक बोलाइएको कांग्रेस प्रवक्ता विश्‍वप्रकाश शर्माले जानकारी दिए। सरकारले सोमबार ल्याएको संवैधानिक परिषद्सम्बन्धी र राजनैतिक दलसम्बन्धी अध्यादेश बारे बैठकमा छलफल हुने प्रवक्ता शर्माले जानकारी दिए ।

हिजो, ८ वैशाखको मन्त्रिपरिषद् बैठकले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश २०७७ र राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश २०७७ लाई पारित गरेको थियो।

त्यसको केही समयमै राष्ट्रपति बिद्यादेवी भण्डारीले ती विधेयक जारी गरेकी थिइन्। कोभिड-१९ को जोखिमले ल्याएको संकटको सामना गर्ने बेला अध्यादेश ल्याएर सरकार मुख्य जिम्मेवारीबाट पन्सिन खोजेको भन्दै कांग्रेसका केही नेताहरूले टिप्पणी गरेका छन्।

Loading
TOP