पास भएमात्रै वडा प्रवेश गर्न दिने

पास भएमात्रै वडा प्रवेश गर्न दिने

९ वैशाख,  सिमकोट । सिमकोट गाउँपालिका–५ कार्यालयले कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रण गर्नका लागि बसेको बैठक विभिन्न निर्णय गर्दै सम्पन्न भएको छ । वडा नं ५ कार्यालयले कोभिड–१९ रोकथामका लागि सदरमुकाम सिमकोट भित्रिने र सरदुमकाम बाहिर जानेलाई जिल्ला प्रशासन कार्यालयबाट उपलब्ध भएको प्रवेशाज्ञा पास भएमात्रै वडा प्रवेश गर्न दिने भएको छ । सदरमुकाम सिमकोट वडा नं ५ र ६ मा पर्ने भएकाले यहाँका वडा कार्यालय थप कडाइका साथ लागिपरेका छन् ।

सरकारले कोरोना सङ्क्रमण हुन नदिन र रोकथामका लागि गरेको लकडाउनलाई प्रभावकारी बनाउन वडा नं ५ कार्यालयले आफ्ना नागरिकलाई सङ्क्रमणबाट बचाउन वडामा प्रवेश गर्ने अन्य गाउँपालिका र बासिन्दाले जिल्ला प्रशासन कार्यालय हुम्लाको प्रवेशाज्ञा पासबिना प्रवेश गर्न नदिइने निर्णय गरिएको वडाध्यक्ष कृष्ण बोहराले जानकारी दिए ।

यस्तै वडा नं ५ का स्थानीय बासिन्दाबाहेक बाहिरका नागरिक बसोबास गर्दै आएका जो–कोही दीर्घरोगी, गर्भवती महिला तथा आकस्मिकरूपमा बिरामी भएका व्यक्तिहरुको प्रवेशका लागि सम्बन्धित वडा कार्यालय तथा स्वास्थ्य संस्थाको पत्र भएमा मात्रै प्रवेशका लागि अनुमति दिइने भएको वडाध्यक्ष बोहराले बताए ।

Loading
TOP