काँग्रेसको आँकलन सही सावित भयो

काँग्रेसको आँकलन सही सावित भयो

९ वैशाख, काठमाडौं । नेपाल तरुण दलले राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गरेका दुई अध्यादेशप्रति आपत्ति जनाएको छ । तरुण दलका अध्यक्ष जितजंग बस्नेतले प्रेस विज्ञप्ति जारी गर्दै राष्ट्रपति भण्डारीले पास गरेका राजनीतिक दल र संबैधानिक परिषद सम्बन्धी दुई अध्याधेश आपत्तिजनक र गैह्रजिम्मेवार कदम भएको अभिव्यक्ति भएको देखिएको जनाएका छन् ।

 अध्यादेश–२०७७ रास्ट्रपतिबाट पारित हुनु संविधानको मर्म विपरीत, गलत राजनीतिक अभ्यासले अस्थिरतासंगै लोकतन्त्र धरापमा पर्न सक्ने हुँदा देश र नागरिकका लागि दुर्भाग्यपूर्ण अवस्थाको चित्रण भएको तरुण दलले ठहर गरेको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘संसद छल्दै सरकारले पेश गर्ने र राष्ट्रपतिले सदर गर्ने गरी ल्याईएका अध्याधेशहरुले अस्थिरता निम्तिनेतर्फ मुलुक गएकोमात्र नभई प्रतिपक्षी दल बिना नै काम गर्न खोज्ने  सरकारी रणनीतिले कम्युनिष्टले जितेमा मुलुक अधिनायकत्वतिर लम्किन्छ भन्ने काँग्रेसको निर्वाचन अगाडिको आँकलन सही हुँदै गएको देखिएको छ ।’

विज्ञप्तिमा अगाडि भनिएको छ, ‘नेकपा नेतृत्वको सरकार नालायक सावित भएको र उनीहरुको यस्तै उल्टो मतिले गर्दा नेकपा पनि सिद्धिने र सरकारको पनि आयु समाप्त हुने शुरुवात भएको देखिएको, विनाश काले विपरित बुद्धि भन्दा फरक नपर्ने हुन्छ।’

तरुण दलको विज्ञप्तिमा, ‘महामारीका कारण विश्वमा मर्ने मानिसको संख्या दुई लाख पुग्न लाागेको र नेपालमा ३१ जना संक्रमित भएको दर्दनाक अवस्थामा सरकारले बेमौसमी बाँसुरी बजाई जनताबिरुद्ध राजनीति गरिरहेको तीन करोड नेपाली जनताले बुझेका छन् ।’

भ्रष्टाचारमा समेत यो सरकार अगाडि रहेको स्पष्ट पार्दै तरुण दलले, ‘स्वास्थ्य सामग्री खरिदमा भ्रष्टाचार गरी पाप र धर्मको ख्याल नगरेको केपी सरकारले फेरि अर्को पछिल्लो काण्डको रुपमा जनतालाई लकडाउनको बाहनामा घरभित्र थुनेर बिधेयक ल्याई अधिनाकतातर्फ मुलुक धकेल्ने सपना देख्नु दिवास्वप्न भएको तरुण दल ठहर गर्दै  लोकतन्त्री विरोधी विधेयक तत्काल फीर्ता लिन समेत अनुरोध गर्दछ’ भनेको छ ।

तरुण दलले देश, जनता र लोकतन्त्र विरोधी विधेयक फिर्ता नलिए लोकतन्त्र र नेपाली जनताका पक्षमा आन्दोलनको जस्तोसुकै आँधिबेहरी ल्याउनसमेत पछि नपर्ने चेतावनी दिएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘आन्दोलनले निम्त्याएको सम्पूर्ण क्षतिको जिम्मेवार केपी सरकार नै हुनेछ भन्ने स्मरण तरुण दल गराउन चाहन्छ ।’

Loading
TOP