उदयपुरमा अर्को एकजनामा देखियो कोरोना, नेपालमा संक्रमित संख्या ३२ पुग्यो

उदयपुरमा अर्को एकजनामा देखियो कोरोना, नेपालमा संक्रमित संख्या ३२ पुग्यो

९ वैशाख, काठमाडौं । उदयपुरमा अर्को एकजनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उनी ३३ वर्षका पुरुष हुन् ।

यसअघि उदयपुरको त्रियुगा नगरपालिकाको एक मस्जिदमा बसेका १३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । उनीहरुसँग सम्पर्क भएका व्यक्तिहरुको स्वाब संकलन गरेर काठमाडौं ल्याई परीक्षण गर्दा एक जनामा कोरोना संक्रमण पुष्टि  भएको हो ।

यो सँगै नेपालमा संक्रमितको संख्या ३२ पुगेको छ। संक्रमितमध्ये ४ जना निको भएर डिस्चार्ज भइसकेका छन्।

Loading
TOP