दुई नर्सको आरडीटी पोजेटिभ

दुई नर्सको आरडीटी पोजेटिभ

१० बैशाख, काठमाडौं । केन्द्रीय कारागार अस्पतालका दुई नर्सलाई कोरोना पोजेटिभको आशंका गरिएको छ । हाल उनीहरुको टेकु अस्पतालको आइसोलेसनमा राखिएको छ ।

र्यापिड डाग्नोस्टिक टेष्ट (आरडीटी) विधिबाट गरिएको कोरोना भाइरसको परीक्षणमा उनीहरुलाई कोरोना पोजेटिभ देखिएको हो । दुबैजनालाई अहिले टेकुस्थित शुक्रराज अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरिएको छ र उनीहरुको नमुना पीसीआर परीक्षणका लागि पठाइएको छ।

सोमबार चिकित्सक नर्स तथा प्यारामेडिक्स गरी करीब ४० जनाको आरडीटी परीक्षण गरिएकोमा दुई नर्सलाई कोरोना देखिएको हो । दुई पटक परीक्षण गर्दा पनि पोजेटिभ निस्किएपछि उनीहरुलाई टेकु अस्पतालको आइसोलेसनमा राखिएको हो ।

उनीहरुको पिसिआर परिक्षणको रिपोर्ट आएपछि मात्र कोरोना भए नभएको पुष्टि हुने बताइएको छ ।   
 

Loading
TOP