बेलायतमा कोरोनाबाट मृत्यु हुने नेपालीको सङ्ख्या १८ पुग्यो

बेलायतमा कोरोनाबाट मृत्यु हुने नेपालीको सङ्ख्या १८ पुग्यो

१० बैशाख,  लण्डन । बेलायतमा कोरोनाका कारण थप एक जनाको मृत्यु भएको छ । पोखरा याङ्जाकोट स्थायी घर भई हाल बेलायतको रेडिङमा बस्दै आएका ४९ वर्षीय विजय गुरुङको उपचारका क्रममा रोयल बर्कशायर अस्पतालमा निधन भएको रेडिङ तमु समाजका अध्यक्ष नन्द गुरुङले बताए ।

स्वासप्रश्वासमा समस्या देखिएपछि विजयलाई गत साता अस्पताल भर्ना गरिएको थियो । आइतबार मृत्यु भएका विजयबारे अस्पतालले दुई दिनपछि परिवारलाई जानकारी गराएको थियो । बेलायतमा हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १८ पुगेको छ ।

Loading
TOP