अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या ४५ हजार नाघ्यो

अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या ४५ हजार नाघ्यो

१० बैशाख,  काठमाडौँ । अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या बढेको देखिएको छ । पछिल्लो २४ घटनामा कोरोनाबाट अमेरिकामा २७ सयभन्दा बढीको मृत्यु भएको छ । योसँगै अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या ४५ हजार नाघेको छ ।

पछिल्लो अपडेट अनुसार अमेरिकामा ५० वटै राज्यमा गरि मृत्यु हुनेको संख्या ४५ हजार १७४ पुगेको छ ।

त्यस्तै संक्रमितको संख्या पनि अघिल्लो अपडेट भन्दा केहि घटेको देखिएको छ । अमेरिकामा पछिल्लो २४ घण्टामा २४ हजार ७६० जनामा संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या ८ लाख १६ हजार ३८५ पुगेको छ ।

त्यस्तै अमेरिकामा अहिलेसम्म ८२ हजार ६९३ जना ठिक भएका छन् । त्यसैगरी अमेरिकामा १४ हजार १६ जनाको आइसीयुमा उपचार भइरहेको छ ।

अमेरिकामा अहिलेसम्म न्युयोर्कमा मात्र मृत्यु हुनेको संख्या १९ हजार नाघेको छ । न्युयोर्कमा १९ हजार ६९३ जनाको मृत्यु भएको छ । त्यस्तै न्युयोर्कमा संक्रमितको संख्या २ लाख ५६ हजार ५५५ जना संक्रमित भएका छन् ।

Loading
TOP