मुस्लिम संघ नेपालको यस्तो अपिल

मुस्लिम संघ नेपालको यस्तो अपिल

१० वैशाख, काठमाडौं । मुस्लिम संघ नेपालले तब्लीक जमातीहरुलाई स्थानीय तहको सम्पर्कमा गएर तत्काल ¥यापिड डाइग्नोष्टिक परीक्षण गराउन अपिल गरेको छ ।

जमातीहरुले कोरोना संक्रमण फैलाएको भन्ने हल्ला व्यापक भएपछि सबैलाई स्थानीय तहका सम्पर्कमा गएर परीक्षण गराउन संघले अपिल गरेको हो । संघका अध्यक्ष अब्दुल सतारले नेपालमा रहेका तब्लिक अगुवाहरुलाई जुन जिल्लामा भएपनि परीक्षण गराएर कोरोनामुक्त रहेको प्रमाणपत्र लिन आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘‘अझै पनि समय छ । नेपालमा रहेका तब्लिकका अगुवा साथीहरु कुन—कुन जिल्लामा को कहाँ छन् उनीहरुलाई तत्काmल स्थानीय सरकारको सम्पर्कमा गएर ¥यापिड टेष्ट गराई कोरोना संक्रमण छैन भन्ने प्रमाणपत्र लिएर मात्रै बस्नुहोला भनेर अनुरोध गर्दछु ।’’

अध्यक्ष सतारले तब्लिक जमातीहरु संक्रमण फैलाउने समूह नभएको कुरामा विश्वस्त हुन आग्रह उहाँले आग्रह गर्नुभयो । जमाती समूह निःस्वार्थ हिसाबले प्रवचनमा हिड्ने र आफ्नो धर्मको प्रशिक्षण गराउने काममा मात्रै लाग्ने भएका कारण बजार हल्लाको पछि नलाग्न उहाँले आग्रह गर्नुभयो । विशुद्ध धार्मिक कार्यक्रम भएकाले जमातीहरुलाई छुनै नहुने, उनीहरुको बाटो हिड्नै नहुने भन्ने धारणा त्याग्न पनि उहाँले सबैमा आग्रह गर्नुभयो ।

कुनै पनि संक्रमण जाति र वर्ग विशेष भनेर नफैलिने उल्लेख गर्दै उहाँले नेपाल सरकारले घोषणा गरेको लक डाउनका पालना गर्दै सामाजिक दुरी कायम गर्न सबैमा आग्रह गर्नुभयो । अध्यक्ष सतारले रमदानमा सामूहिक नमाज पढ्ने र रोजा गर्ने प्रचलन रहँदै आएकोमा यो वर्ष एक ठाउँमा भेला भएर गर्नुभन्दा घरमा सामाजिक दुरी कायम गरेर पढ्न आग्रह गर्नुभयो ।

Loading
TOP