अमेरिका प्रवेशमा ६० दिनसम्म प्रतिबन्ध लगाउने कार्यकारी आदेशमा हस्ताक्षर

अमेरिका प्रवेशमा ६० दिनसम्म प्रतिबन्ध लगाउने कार्यकारी आदेशमा हस्ताक्षर

११ वैशाख, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसको संक्रमण फैलिन रोक्ने उद्देश्यले अमेरिका प्रवेशमा ६० दिनसम्म प्रतिबन्ध लगाउने कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् । यससँगै अमेरिकामा स्थायी बसोबासको नयाँ अनुमति (ग्रिनकार्ड) दिने काम र विदेशीलाई अमेरिका प्रवेश बन्द भएको छ ।

‘पहिले अमेरिकी जनतालाई प्राथमिकता दिनुपर्छ,’ ट्रम्पले भनेका छन्, ‘कोरोना भाइरस संक्रमणको प्रभावका कारण अहिलेसम्म लाखौं अमेरिकीको रोजगारी गुमेको छ । त्यसैले ती अमेरिकीहरुको रोजगार सुनिश्चित गर्ने सरकारको कर्तव्य हो ।’

अमेरिकी राष्ट्रपति ट्रम्प सुरुदेखि नै आप्रवासीहरुप्रति कठोर बन्दै आएका छन् ।

Loading
TOP