दुधकोशी गाउँपालिकाको ६० बर्षीय गोकुल राई मृत फेला

दुधकोशी गाउँपालिकाको ६० बर्षीय गोकुल राई मृत फेला

११ वैशाख,  सोलुखुम्बु । सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका ७ का ६० बर्षीय गोकुल राई जंगलमा मृत फेला परेका छन् । बुधवार बिहान १० बजे आफ्नै बाख्रा चराउन भनी जंगल तर्फ गएका राई बेलुका सम्म पनी घर फर्केर नआएपछी खोजतलास गर्ने क्रममा आज बिहान ७ बजे थुलुङ दुधकोशी गाउँपालिका(८ को सनसारी डाँडाको भिर मुनी मृत अवस्थामा फेला परेका हुन् ।

घटनास्थलमा जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुबाट अनुसन्धान अधिकृत सहितको टोली खटि थप अनुसन्धान भईरहेको प्रहरी कार्यालयले जनाएको छ ।

उता ताप्लेजुङको त्रिवेणी गाउँपालिका-२ फुलवारीका १७ बर्षीय मनोज काङबाङलाई तमोर नदिले बगाउँदा बेपत्ता भएका छन् । बुधवार अपरान्ह पौने ५ बजे तमोर नदीमा माछा मार्न जाल थाप्ने क्रममा अचानक नदीले बगाउँदा बेपत्ता भएका काङबाङको खोजतलास भईरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

Loading
TOP