दक्षिण कोरियाले नेपालीलाई पनि सरकारी राहत दिने

दक्षिण कोरियाले नेपालीलाई पनि सरकारी राहत दिने

११ वैशाख, काठमाडौं । कोरोना माहामारीको कारण दैनिक जीवनयापन गर्न असहज भएकाले यहाँको एक प्रान्तीय सरकारले आफ्ना नागरिकलाई दिँदै आएको राहत अब विदेशीलाई पनि दिने भएको छ । यसबाट नेपालीले पनि राहत पाउन सक्ने छन् ।

दक्षिण कोरियाको ख्याङ्गिदो प्रान्तीय सरकारले वैवाहिक प्रवेशाज्ञा हुनेहरूलाई र सो प्रान्तमा स्थायी बसोबास गर्ने सबै विदेशीलाई सरकारी राहत उपलब्ध गराउने भएको हो । कोरियामा महामारी फैलिएको बखतदेखि नै दैनिक जीवनयापन गर्न सहज होस् भनी आफ्नो नागरिकलाई प्रान्तीय सरकारले एक लाख कोरियाली वन राहतस्वरुप दिँदै आएको थियो ।

अबदेखि उक्त राहत एफ छ र एफ ट प्रवेशाज्ञा भएका विदेशीलाई पनि दिने निर्णय गरिएको हो ।

Loading
TOP