क्वारेन्टाइनमै छैन साबुन र सेनिटाईजर

क्वारेन्टाइनमै छैन साबुन र सेनिटाईजर

उपेन्द्र न्यौपाने , सिञ्जा ।

कनकासुन्दरी गाउपालिका वडा नम्बर चार इलाकास्वास्थ चौकी हाट सिञ्जा मा यतिखेर १५ बेडमा १६ जना क्वारेन्टाइनमा राखिएको छ । जस्मा साबुन र सेनिटाईजर समेत छैन कसरी सुरक्षित रहने क्वारेन्टाइनमा ? भनेर क्वारेन्टाइन मा बसेका खगेन्द्र खत्रीले गुनासो गर्नु भयो ।

उता स्वास्थ्य चौकीका इन्चार्ज बीरेन्द्र उपाध्याय भने साबुन नभएका कारण तत्कालका लागि एउटै साबुले ५ जनालाई पालैपालो हात धुन भनेको बताउनुहुन्छ । स्थानीय सरकारले उपलब्ध गराएभन्दा बढी सुविधान आफूले दिन नसक्ने उहाँको भनाई छ । क्वारेन्टाइन व्यवस्थापन समितिका पदाधिकारी हालसम्म सम्पर्कमा आएका छैनन् ।

स्वास्थ्यकर्मी रात दिन नभनी काम गरिरहने तर समिति नै सम्पर्कमा नआउने गरेका कारण सो चौकीमा क्वारेन्टाइन व्यवस्थापनमा समस्या देखिएको छ । जेनतेन धानिएको क्वारेन्टाइन केहीदिनमा बन्द हुनसक्ने त्यहाँ कार्यरत स्वास्थ्यकर्मीले जनाए । सो चौकीमा थर्मल गन १ थान र पीपीई ५ थान उपलब्ध गराइएको थियो ।

गाउपालिकाले पनि पर्याप्त ध्यान नदिएको स्वास्थ्य चौकीका सहयोगी मानप्रसाद आचार्यको भनाई छ । प्रदेश सरकार र संघीय सरकारले करोडौं खर्च गरेको सुनिएपनि स्यानिटाइजर र साबुनबिनै क्वारेन्टाइन सञ्चालन गर्न स्वास्थ्य चौकीलाई आपत परेको छ ।

Loading
TOP