प्रदेश १ मा ४ हजार ८ सय १३ जनाको कोरोना परीक्षण

प्रदेश १ मा ४ हजार ८ सय १३ जनाको कोरोना परीक्षण

१२ बैशाख, विराटनगर । प्रदेश १ मा ४ हजार ८ सय १३ जनाको कोरोना परीक्षण भएको छ । पीसीआर विधिबाट ८ सय ८४ जनाको परीक्षण भएको छ । त्यस्तै दू्रत परीक्षण विधि ९आरडिटी० बाट विहीबारसम्म जम्मा ३ हजार ९ सय २९ जनाको नमुना परीक्षण गरिएको छ ।

प्रदेश १ मा २८ जनालाई कोरोना संक्रमण देखिएको छ । संक्रमितहरुमा २६ जना पुरुष र २ जना महिला रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहत रहेको कोरोना सूचना डेस्कले जनाएको । संक्रमितमध्ये १६ जना नेपाली नागरिक र १२ जना भारतीय नागरिक रहेका छन् । नेपाली नागरिकहरुमध्ये ४ जना मोरङका रहेका छन् । ११ जना उदयपुर त्रियुगा ३ भूल्केका रहेका छन् । एक जना सप्तरीका रहेका छन् । उनिहरुको प्रदेश सरकारले निर्माण गरेको कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा उपचार हुँदैछ भने अवस्था सामान्य रहेको छ ।

प्रदेश सरकारले निर्माण गरेका क्वारेन्टाइन स्थलमा बस्नेको संख्या विहीबारसम्म कूल १ हजार ९२ जना पुगेको छ । २४ जना पुरुष डिस्चार्ज भएका छन् । आइसोलेसनमा स्वास्थ्यकर्मीको निगरानीमा ३० जना छन् । आइसोलेनसबाट १० जना डिस्चार्ज भएका छन् ।

Loading
TOP