लकडाउनबारे के निर्णय होला ?

लकडाउनबारे के निर्णय होला ?

१४ वैशाख,  काठमाडौं । जारी लकडाउन लम्ब्याउने वा खुकुलो बनाउने भन्नेबारे निर्णय गर्न आज मन्त्रीपरिषद्को बैठक बस्दै छ ।

यस अघि सरकारले घोषणा गरेको लकडाउनको समयावधि सोमबार सकिँदै छ । उक्त समय सकिने भएकाले आज बस्ने मन्त्रिपरिषदको बैठकले लकडाउनको मोडालिटी र त्यसलाई थप्नेबारे निर्णय गर्ने अनुमान गरिएको छ। श्रोतका अनुसार मन्त्रिपरिषद्को बैठक प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो २ बजे बस्ने तय भएको छ ।

कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको शनिबारको बैठकमा लकडाउनको अवधि बढाउनेबारे छलफल भएको थियो। समिति अन्तर्गत गरेको मुख्यसचिव नेतृत्वको कार्यदलले पनि एक हप्ता लकडाउन थप्न सिफारिस गरिसकेको छ। समितिको शनिबारको बैठकले आन्तरिक र बाह्य हवाई उडानमा जारी प्रतिबन्धलाई जेठ २ गतेसम्म लम्ब्याइसकिएको छ।

लकडाउन प्रभावकारी भएकै कारण कोरोना नियन्त्रण प्रयास सही ट्र्याकमा रहेको निष्कर्ष समितिले निकालेको थियो । यद्यपि शनिबारको बैठकमा केही हिमाली जिल्लामा लकडाउन खुला गर्ने, क्षेत्रगत रुपमा खुकुलो बनाउने लगायतका विकल्पका बारेमा समेत छलफल भएको थियो ।

Loading
TOP