थप ४ जना कोरोना संक्रमित निको

थप ४ जना कोरोना संक्रमित निको

१४ वैशाख, काठमाडौं । वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचाररत ४ जना कोरोना संक्रमित निको भएपछि डिस्चार्ज भएका छन्।

अस्पतालले उनीहरुलाई आइतबार डिस्चार्ज गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए।

यो सहित नेपालमा उपचारपछि निको भएर डिस्चार्ज हुनेको संख्या १६ पुगेको छ।

आज वीरगञ्जबाट डिस्चार्ज भएका ४ जनामध्ये तीन जना भारतीय हुन्। एक जना नेपाली हुन्।

Loading
TOP