भारतमा संक्रमित संख्या २७ हजार ८९२ पुग्यो

भारतमा संक्रमित संख्या २७ हजार ८९२ पुग्यो

१५ वैशाख, काठमाडौँ । छिमेकी मुलुक भारतमा कोरोनाको संक्रमण बढीरहेको देखिएको छ ।
भारतीय स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो अपडेट अनुसार २४ घण्टामा १३ सय ९६ संक्रमित पुष्टि भएको छ ।

योसँगै भारतमा कुल कोरोना संक्रमितको संख्या २७ हजार ८९२ पुगेको छ ।

त्यस्तै २४ घण्टामा भारतमा ४८ जनाको मृत्यु भएको छ । योसँगै भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या कुल ८७२ पुगेको छ ।

त्यस्तै भारतमा अहिलेसम्म ६ हजार १८५ जना ठिक भएका छन् ।

Loading
TOP