ओलीले नेपाललाई रिझाउन विगतका गल्ती सच्याउने र पार्टी नीतिअनुसार चल्ने प्रस्ताव

ओलीले नेपाललाई रिझाउन विगतका गल्ती सच्याउने र पार्टी नीतिअनुसार चल्ने प्रस्ताव

१५ वैशाख, काठमाडौं । सत्तारुढ दल नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) भित्रको विवाद उत्कर्षमा पुगेका बेला प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाललाई तीन प्रस्ताव पठाएका छन् । पार्टीभित्र चरम अल्पमतमा परेपछि ओलीले नेपाललाई रिझाउन विगतका गल्ती सच्याउने र पार्टी नीतिअनुसार चल्ने गरी प्रस्ताव पठाएको स्रोतले बताएको छ ।

पार्टी बैठकदेखि सार्वजनिकरुपमै नेता नेपालको आलोचना गर्ने ओली समुहका नेताहरु आजभोली दैनिक नेपाल निवास कोटेश्वर भेटिन थालेका छन् । उपप्रधानमन्त्री इश्वर पोखरेल, मुख्यमन्त्री शंकर पोखरेलदेखि महान्यायाधिबक्ता अग्नी खरेलसम्म निवास निवास पुग्न थालेका छन् ।

नेपाललाई भेट्न पुगेका यिनै नेताहरुले ओलीको प्रस्ताव नेपाललाई सुनाएका छन् । ओलीको पहिलो प्रस्ताव छ मुख्यमन्त्री फेर्ने । हाल पूर्वएमालेबाट ४ मुख्यमन्त्री छन् । चार जना नै ओली समुहबाट मुख्यमन्त्री बनेका छन् । गण्डकी प्रदेश र ५ नम्वर प्रदेशका मुख्यमन्त्री पार्टीभित्र पनि सिनियर नेता नै हुन् तर प्रदेश १ र बाग्मति प्रदेशका मुख्यमन्त्री भने जुनियर नेता हुन् । ओली समुहमा लागेकै कारण उनीहरुले मुख्यमन्त्री पाएका छन् । नेपाल समुहमा रहेकै कारण तत्कालिन एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य बाग्मति प्रदेशको मुख्यमन्त्री बन्न सकिनन् । प्रदेश कमिटीका जुनियरलाई मुख्यमन्त्री बनाइएको थियो । त्यसैगरी प्रदेश १ मा पनि तत्कालिन एमाले सचिव भीम आचार्य मुख्यमन्त्री बन्न पाएनन् । ओलीले अहिले त्यो गलत निर्णय सच्याउने प्रस्ताव नेपाललाई पठाएका छन् ।

दोस्रोे ओलीले मन्त्रीहरु फेर्ने प्रस्ताव गरेका छन् । सरकारमा राम्रो काम गरेका नेपाल निकटका मन्त्रीहरु अपमानितरुपमा हटाइएको थियो । गोकर्ण बिष्ट, लालबाबु पण्डितलाई ओलीले दण्डीत गरेर हटाएका थिए । ओलीले वर्तमान मन्त्रीपरिषद हेरफेर गर्ने प्रस्ताव पनि पठाएका छन् ।
तेस्रो ओलीले आफ्नो नीजि सचिवालय फेर्ने प्रस्ताव गरेका छन् । नीजि सचिवालय फेर्न आफु तयार रहेको प्रस्ताव नेपाललाई पठाएको स्रोतले बताएको छ । तर जवाफमा नेपालले एक ब्यक्ति एक पद, पार्टीको विधि र पद्धतिअनुसार चल्न तथा स्थायी कमिटी बैठक बोलाउन ओलीलाई जवाफ दिएको स्रोतले बताएको छ ।

Loading
TOP