विहे खर्च कोरोना कोषलाई !

विहे खर्च कोरोना कोषलाई !

१५ वैशाख,  काठमाडौं । नेपाली कांग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघका पूर्वमहामन्त्री कुन्दनराज काफ्लेले आफ्नो विहे खर्च कोरोनाभाइरस रोकथामका लागि सरकारले खडा गरेको कोषमा हस्तान्तरण गरेका छन् ।

विहे खर्च कटौती गर्दै आफू र श्रीमतीले दुई लाख रूपैंया सरकारी राहत कोषमा जम्मा गरिदिएको काफ्लेले बताए।

सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई मन्त्रालयमा पुगेर काफ्ले र उनकी श्रीमती मेनुका अधिकारीले उक्त रकम हस्तान्तरण गरेका हुन्।

काफ्ले र अधिकारी आइतबार बिबाह बन्धनमा बधिएका थिए ।

Loading
TOP