भारतमा एकैदिन ६२ जनाको मृत्यु

भारतमा एकैदिन ६२ जनाको मृत्यु

१६ वैशाख,  काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) का कारण भारतमा एकैदिन ६२ जनाको मृत्यु भएको छ। यो भारतमा कोरोनाको कारण एक दिनमा मृत्यु हुनेको अहिलेसम्मकै उच्च संख्या हो।

भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार, संक्रमितको संख्या २९ हजार ४३५ पुगेको छ । गएको २४ घन्टायता भारतमा एक हजार ५४३ कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् । मङगलबार बिहानको तथ्यांकअनुसार भारतमा ‘कोविड १९’ का संक्रमितहरूको संख्या २९ हजार ४३५ जना पुगेको तयहाँँको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको हो ।

उक्त मन्त्रालयका अनुसार भारतभर गएको २४ घन्टायता मृत्यु हुनेको संख्या ६२ जना रहेको छ । योसँगै भारतमा कोरोना संक्रमणबाट ज्यान जानेको संख्या ९३४ पुगेको छ । भारतमा देखिएका यी संक्रमितहरूमध्ये ६ हजार ८६८ जना भने उपचारपछि निको भएर फर्किएका छन् । मन्त्रालयले दिएको जानकारीअनुसार हाल त्यहाँ २१ हजार ६३२ कोरोनाका संक्रमित विरामी अस्पतालमा उपचाररत रहेका छन् ।

शुरुदेखि नै भारतको महाराष्ट्र कोरोना भाइरसबाट अत्यन्त प्रभावित राज्यको रूपमा रहेको छ । मङ्गलबार पनि यो क्रम जारी नै रहेको मन्त्रालयले जानकारी दिएको छ । महाराष्ट्र राज्यमा मात्र संक्रमितहरूको संख्या ८ हजार ५९० जना पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैबीच महाराष्ट्रमा ३६९ जनाको निधन भएको छ । संक्रमित मध्ये १ हजार २८२ जना भने निको भएका छन् ।

महाराष्ट्रपछि गुजरात यस भाइरसको संक्रमण दोस्रो स्थानमा रहेको छ । स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले आज दिएको जानकारीअनुसार गुजरातमा ३ हजार ५४८ सक्रमित रहेका छन् । संक्रमित मध्ये २९४ जना निको भएका छन् भने १६२ जनाको भने मृत्यु भएको छ ।

दिल्लीमा ३ हजार १०८ मा कोरोना भाइरसको संक्रमण देखिएको छ । संक्रमित मध्ये ५४ को ज्यान गएको छ । यसैबीच ८७७ जना उपचारपछि घर फर्किएका समाचारमा जनाइएको छ । भारतमा यसरी दिन प्रतिदिन नयाँ नयाँ संक्रमितहरू थपिँदै जानु चुनौतीपूर्ण भएको यहाँका स्वास्थ्य अधिकारीहरूले जनाएका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गत महिना घोषणा गरेको २१ दिने लकडाउनको अवधि समाप्त हुँदै गरेको अवस्था पुनः १९ दिनको लकडाउनलाई जोडिएको घोषणा गरेका थिए ।

Loading
TOP