लकडाउन अवधिभर शिक्षक-कर्मचारी सबैले सार्वजनिक बिदा सरह सुविधा पाउने

लकडाउन अवधिभर शिक्षक-कर्मचारी सबैले सार्वजनिक बिदा सरह सुविधा पाउने

१६ वैशाख,  काठमाडौँ । सरकारले बन्दाबन्दी (लकडाउन)को अवधिलाई सार्वजनिक बिदा दिने भएको छ । राजपत्रमा जारी गरिएको सूचनामा सङ्क्रामक रोग ऐन २०२० को दफा २ बमोजिम गत चैत ९ गते र तत्पश्चात विभिन्न मितिमा गरिएको समयमा गरिएको लकडाउनको समयलाई सार्वजनिक बिदा भनिएको छ ।

गत वैशाख २ गतेको मन्त्रिपरिषद्को निर्णयअनुसार ‘सम्पूर्ण सरकारी कार्यालय निकाय तथा उद्योगले बिदा दिएका कर्मचारी र श्रमिकको हकमा खाइपाइ आएको तलब, भत्ता पाउने गरी त्यसरी बिदा दिएको अवधिलाई कार्यालय प्रमुखले सार्वजनिक बिदा कायम गर्ने’ उल्लेख गर्दै सो को सूचना नेपाल राजपत्रमा प्रकाशित गर्नुपर्ने जनाइएको थियो ।सोही अनुसार सोमबार गृह मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गरेको हो ।

राजपत्रमा भनिएको छ, “मिति २०७६ चैत ९ गते र तत्पश्चात विभिन्न मितिमा जारी गरेको आदेश बमोजिम सम्पूर्ण सरकारी कार्यालय, निकाय वा उद्योगले बिदा दिएका कर्मचारी वा श्रमिकको हकमा खाइपाई आएका तलब, भत्ता पाउने गरी त्यसरी बिदा दिएको अवधिलाई सम्बन्धित कार्यालय प्रमुखले सार्वजनिक बिदा कायम गर्ने निर्णय गर्नुपर्ने हुन्छ ।”

Loading
TOP