राजसंस्थाको पुर्नस्थापना जरुरी देखियो : राप्रपा अध्यक्ष लोहनी

राजसंस्थाको पुर्नस्थापना जरुरी देखियो : राप्रपा अध्यक्ष लोहनी

१६ वैशाख, काठमाडौं ।  पार्टी र गुटगत स्वार्थभन्दा माथि रहने निष्पक्ष संस्थाको रूपमा राजसंस्थाको आवश्यकता पछिल्लो घटनाक्रमले प्रमाणित गरेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले ठहर गरेका छन् ।

राजनैतिक स्थिरता र संविधानको मर्मविपरित आएको अध्यादेश राष्ट्रपतिले दुई घण्टाभित्र अनुमोदन गरेबाट संविधानको पालना भएको देखिन्न । यसबाट संविधानको संरक्षण र जनताको सर्वोच्चता कायम राख्न संवैधानिक राजसंस्थाको अपरिहार्यता प्रष्ट भएको लोहनीले बताए ।

‘यसबाट पार्टीभन्दा माथि रहेर निष्पक्ष रूपमा काम गर्न राजसंस्था आवश्यक छ भन्ने राप्रपाको चिन्तन र प्रस्तावको सार्थकता स्पस्ट छ । जुनसुकै दलको भएपनि अब जनताको सर्वोच्चतालाई व्यवहारमा उतार्न राष्ट्रप्रमुखको पदलाई पार्टीको स्वार्थभन्दा माथि राख्न हाम्रो देशको परिवेशमा संविधान भित्रको राजसंस्था आवश्यक भनेर अवाज उठाउनु जरुरी भैसकेको छ,’ उनले सोमबार एक सन्देश जारी गर्दै भने ।

Loading
TOP