२ प्रतिशत छुटले निजी क्षेत्रलाई सहुलियत महसुस भएको छैन्

२ प्रतिशत छुटले निजी क्षेत्रलाई सहुलियत महसुस भएको छैन्

१७ वेशाख, काठमाडौं । उद्योगी–व्यवसायीहरुको संगठन नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठले नेपाल राष्ट्र बैंकले दोस्रो पटक ल्याएको सहुलियत प्याकले निजी क्षेत्रलाई उत्साहित नबनाएको बताएका छन् ।

राष्ट्र बैंकले मंगलबार कोरोना प्रभावित ऋणीलाई चौथो त्रैमासको ब्याजमा २ प्रतिशत छुट दिन बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको थियो । तर यसले निजी क्षेत्रलाई सहुलियत महसुस नभएको चेम्बर अध्यक्ष श्रेष्ठले बताए ।

Loading
TOP