आज नेकपा सचिवालय बैठक बस्दै

आज नेकपा सचिवालय बैठक बस्दै

१७ वैशाख,  काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी सचिवालय बैठक आज बस्दै छ । प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचको सहमतीपछि आज साझ ५ बजेका लागि बैठक बोलाईएको छ।

प्रचण्डसहित वरिष्ठ नेता माधव कुमार नेपाल पक्षका नेताहरुले ओलीलाई प्रधानमन्त्रीबाट राजीनामा दिएर अहिलेको समस्याको निकास निकाल्न आग्रह गरेका छन् भने ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पद छाड्न नसकिने अडान लिनुभएको छ ।

औपचारिक रुपमा नआए पनि नेकपामा दाहाल र नेपाल समूहले आन्तरिक रुपमा ओलीको राजीनामा मागेको छ । स्थायी कमिटीका एक सदस्यका अनुसार अध्यक्ष दाहाल, वरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष बामदेव गौतमलगायतको समूहले ओलीलाई प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पद छाडेर पार्टीको अन्तरविरोधको निकास दिनुपर्ने प्रस्ताव आन्तरिक रुपमा अगाडि सारिसकेका छन्।

यता ओलीले भने पार्टीभित्र शक्ति बाँडफाँडलाई लिएर आन्तरिक विवाद पेचिलो बन्दै गर्दा बुधवारसचिवालय बैठक बोलाएको भन्दै आफ्नो पक्षका केन्द्रीय सदस्यदेखि सांसद सम्मलाई राजधानीमै बस्न निर्देशन दिनुभएको छ।

अध्यादेश प्रकरणबाट विवाद तन्किँदै जाँदा ओली, प्रचण्ड र नेपाल तीनै समूहका नेता सांसदहरूको भेला गर्नेदेखि हस्ताक्षर अभियान चलाउने तहसम्म पुगेका छन् । तीनै समुहको आ आफ्नै रणनीतिका साथ आजको बैठकमा उपस्थित हुनेभएपछि
बुधबारको बैठकमा गर्मागरम बहस हुने संकेत देखिएको छ ।

Loading
TOP