कोरोना संक्रमितको संख्या ५८ पुग्यो

कोरोना संक्रमितको संख्या ५८ पुग्यो

१७ वैशाख,  वीरगञ्ज । वीरगञ्ज महानगरपालिकामा थप एक जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण भेटिएको छ । महानगरका सफाइ कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतले जनाएको छ ।

आइतबार मात्र वीरगञ्ज ३ का सफाइ नाइकेमा कोरोना संक्रमणको पुष्टि भएको थियो । उनको सम्पर्कमा आएकाहरुको परीक्षणका क्रममा थप एक जनामा संक्रमण भेटिएको हो ।

आइतबार कोरोना संक्रमण पुष्टि भएका व्यक्तिको सम्पर्कमा आएकाहरुको परीक्षणका क्रममा उनीहरुको रिपोर्ट पोजेटिभ आएको थियो । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ५८ पुगेको छ । जसमध्ये १६ जना निको भएर घर फर्किएका छन् ।

Loading
TOP