मलाई २ वर्ष मात्रै प्रधानमन्त्री बनाए चीनलाई उछिन्छौं : बामदेव गौतम

मलाई २ वर्ष मात्रै प्रधानमन्त्री बनाए चीनलाई उछिन्छौं : बामदेव गौतम

१८ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा कोरोना भाइरसको महामारी सकिएपछि उपाध्यक्ष बामदेव गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव अघि सारेका छन् । साथै पार्टीमा वरिष्ठ नेता माधवकुमार नेपाललाई अध्यक्ष बनाउने उनको प्रस्ताव छ ।

कोरोना भाइरसको संकट सकिएपछि आफूले प्रधानमन्त्री छाड्ने र उपाध्यक्ष गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव गरे । यसका लागि राष्ट्रिय सभा सदस्य पनि प्रधानमन्त्री हुने गरी संविधान संशोधन गर्न वा प्रतिनिधिसभाको कुनै एक सिट खाली गरेर पनि ल्याउन आफू तयार रहेकेा उनले बताए ।

यसै सन्दर्भमा नेकपा उपाध्यक्ष बामदेव गौतमले केही समय अगाडी भनेको एक समाचार यहाँ राख्न चाहन्छौं । उनले भनेका थिए “मलाई २ वर्ष मात्रै प्रधानमन्त्री बनाए १० वर्षमा चीनलाई उछिन्छौं “

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका संगठन विभाग प्रमुख वामदेव गौतमले आफुलाई प्रधानमन्त्री दिए दुई वर्ष मै समाजवाद ल्याउने बताएका छन् ।

Loading
TOP