सम्माननिय प्रधानमन्त्री ज्यु लाई पत्र :

सम्माननिय प्रधानमन्त्री ज्यु लाई पत्र :

बासुदेब सेढाई- सम्माननिय प्रधानमन्त्री ज्यु हामी नेपालकाे एउटा सामन्य र स्वतन्त्र नागरिकको हैसियतमा हाम्रो जिज्ञासा राख्न चाहन्छौं । अाज बिश्व काेराेना माहामारि संग लडिरहेको छ र नेपाल पनि । सरकारले काेराेना नियन्त्रणका लागि लागू गरेको लकडाउनकाे पुर्णरुपमा पालना गर्दै अाफ्ना सम्पूर्ण कलकारखाना , उद्योग धन्धा , व्यापार व्यावसाय सबै बन्द गरेर नागरिक घरभित्रै छन् । लकडाउन लम्बिदै जाँदा नागरिक समस्या पर्न थालेका छन् । व्यापार व्यावसाय गर्ने हरुलाई व्यापार ठप्प हुदा समस्य त छदैछ त्याे भन्दा बढि घरभाडा र बैंकको ऋणले सताएको छ । दैनिक ज्याला मजदुरि गर्नेहरु समस्या उस्तै छ । लकडाउन धेरै लम्बिन गए भाेकमरिकाे समस्य अाउन सक्छ । लकडाउनकाे कारणले अाफ्नाे घरसम्म पुग्न नसकेका नागरिक पनि पिडामा छन् साथै विदेशमा रहेका लाखौंलाख नेपाली पनि समस्यामा हाेलान् । देशको अर्थतन्त्रमा ठुलो समस्या परेको छ । देशमा यस्तो ठुलो राष्ट्रिय संकटको अवस्थामा राष्ट्रिय सहमति कायम गरि राजनीतिक दल , सरकार , अामनागरिक एकताबद्ध भएर समस्य संग जुध्नुकाे सट्टामा सरकार र राजनीति दलका पछिल्ला गतिविधिले हामी अत्यन्तै दुखित भएका छाैं । प्रधानमन्त्री ज्यु तपाईंको पार्टी र तपाईंको नेतृत्वको सरकार संग नेपाली जनताको ठुलो अासा र अपेक्षा छ किनभने याे सरकार गरिब, विपन्न , निमुखा , षाेषित पिडित लगाएत सहारा विहिनहरुकाे सरकार भनिएको छ । अाम नेपाली नागरिक हरुले नाकाबन्दीकाे समयमा तपाईंको कामको सम्मान गरेका थिए अहिले विस्तारै त्यो लाेकप्रियता घट्न थालेको छ । समय र परिस्थितिले तपाईं लाई राजनेता बन्ने अवसर दिएको छ यदि तपाईंले अाफ्नाे स्वार्थ कुर्सीकाे प्रवाह नगरि नागरिक र देशका पक्षमा अाफुलाई प्रस्तुत गर्न सक्नुभयाे भने । नेपालकाे ईतिहासमा स्वर्णिम अक्षरमा राजनेताको नाम लेख्ने अवसर नगुमाउनु हाेला । तपाईंको मन्त्री मण्डलका खराब ब्यक्तिहरु छन भने लाई हटाउनुस् असल लाई जिम्मेवारी दिनुस् सल्लाहकार खराब छन् भने हटाउनुस् असल ब्यक्ति हरुलाई जिम्मेवारी दिनुस् जसले तपाईं लाई राम्रो र सम्मानित ब्यक्तिकाे रुपमा प्रस्तुत गर्न सकाेस् । राष्ट्रिय हित र अाम नागरिकको हितलाई केन्द्र बिन्दुमा राखेर सरकारमा रहेका , अाफ्नाे पार्टीभित्र , प्रमुख प्रतिपक्षी लगाएत सबै राजनीतिक दल नागरिक समाज,विप्लव र पुर्ब राजाको समेत भावना अट्ने खालको राष्ट्रिय सहमति कायम गरि काेराेना माहामारि संग लडेर विजय हासिल गरि सुन्दर , शान्त , सम्बृद्ध नेपाल र सुखि नेपाली बनाउने अभियानमा जुट्ने वातावरणकाे तयारी गर्नुस् । प्राकृतिक स्रोत साधनले सम्पन्न हामी नेपाली गरिबी बेरोजगारी अशिक्षा पछाैटेपनमा कहिले सम्म रहिरहने ? बुद्धभुमि सगरमाथाकाे देशका हामी नागरिक भनेेर गर्व गर्ने दिन कहिले अाउने ? भ्रष्टाचार , कमिसनतन्त्र , घुषखाेरि लगाएका अपराधीका विरुद्ध कठाेर बन्नुस् सुशासन कायम गर्नुस् । सुखि नेपाली सम्बृद्ध नेपालकाे सपना साकार हाेस् ।

TOP