सत्ता प्राप्ति र सरकार जोगाउने खेल जनताका लागी दुर्भाग्य

सत्ता प्राप्ति र सरकार जोगाउने खेल जनताका लागी दुर्भाग्य

नैनसिंह महरा :-

विश्व महामारीका रुपमा फैलिएको कोरोना संक्रमणबाट जोगिन देश सवा महिना देखि लकडाउनको अवस्थामा भए पनि सरकार भने राजनीतिक गुट उपगुटको खेलमा लाग्नु दुर्भाग्यपूर्ण भएको भन्दै काँग्रेसका युवा नेता तथा नेविसंघका निवर्तमान अध्यक्ष नैनसिंह महरले आपत्ति जनाएका छन ।
भ्रष्ट्राचारका अनेक घटना बाहिरिए पनि सरकारको नेतृत्व कोरोना महामारी बिरुद्ध लडन, घरभित्रै बन्द भएका जनता, श्रमिक, मजदूरलाई राहतको प्याकेज ल्याउन त कता हो कता तथ्यांक संकलन गर्न पनि असफल भएको उनको दावी छ ।
श्रमिक, मजदुरजस्ता निमुखा वर्गको बिचल्ली हुँदा पनि सबै शक्ति एकजुट भएर महामरी विरुद्ध लड्नुपर्ने बेला सरकार र सिंगो नेकपा पार्टी लामो समयदेखि गुट, उपगुट बलियो पार्न साम, दाम र दण्डभेदमा रुमल्लिएको उनले बताएका छन
कोरोना महामारीका कारण नौ खर्बको हाराहारीमा टेमिट्यान्स पठाएर देशको अर्थतन्त्र बचाउन योगदान पुर्याउने विदेशिएका युवा शक्ति विदेशबाट फर्किएपछि आउने संकटसँग जुध्न सरकारले कुनै योजना नबनाएकोप्रति उनले आपत्ति जनाएका छन ।
‘महामारीले गर्दा विश्वभर हुने महामन्दीको असर एकातिर छ । लामो समयको लकडाउनका कारण नेपाली अर्थतन्त्रमा योगदान दिने कृषि तथा वन, उद्योग वाणिज्य र पर्यटनलगायतका सबै क्षेत्रको अवस्था अवस्था गिर्दो छ । यस आर्थिक वर्षमा नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को वृद्धि २.२७ प्रतिशत मात्र हुने तथ्यांक विभागको रिपोर्ट छ,’ महरले भनेका छन, ‘महामारीको संक्रमण अझ लामो समय हरिरह्यो भने अर्थतन्त्र अझै संकटपूर्ण भएर भोकमरीको अवस्था न आउला भन्न सकिन्न ।’
अर्थतन्त्रमा आउनसक्ने विकराल अवस्थासँग जुध्न भने आगामी बजेटबारे पार्टी र सरकारले कुनै छलफल, विचार, बिमर्श नगरेर सत्ता प्राप्ति र जोगाउने खेल जनताका लागि दुर्भाग्य हुने जिकिर उनले गरेका छन ।

Loading
TOP