हाम्रो लडाइ महामारि बिरुद्ध आगोको लडाइ बनाऔ !

जुम्ला ( उपेन्द्र न्यौपाने ) :- जिबन एउटा आफ्नै सुमधुर गतिमा चलिरहेको यात्रा न हो ! कहाँ-कहाँ कस्ता भाब ल्यायर आइदिन्छ ! पत्तै न हुने !कतै त्यो यात्रा गन्तव्य सम्म नपुग्दै बिच बाटोमै ठोक्कियर बिश्व समाजनै आक्रान्त भइरहेको एस कठिन समयमा , बिश्वमहामारीको रुपमा फैलियको कोरोना भाइरस (कोभिड-१९) सङ्गको मेलमिलाप त हुनेहोइन !पाँच वर्ष पहिले नेपालमा गएको महाभुकम्पले ९ हजार मानिसको ज्यान लिनुका साथसाथै देशका विभिन्न स्थानमा बसेका बालबालिका र उनीहरूको परिवारलाई प्रतक्ष प्रभाव न पारेको थियो र। हो आज हामीले कोरोना भाइरस (कोभिड-१९) संक्रमणको एउटा नयाँ चुनौतिको सामना गर्दैछौं । हामीले विगतका ती दिनहरूमा जुन एकताबद्धता देखाएका थियौं, यस महामारीलाई हराउन आज पनि त्यस्तै गर्न जरूरी छ !तेसैले आफू सक्षम बनौं र सिङ्गो समाजलाइ नै सक्षम बानाऔ ! आफू सुरक्षित बनौं र सिङ्गो समुदायलाइ नै सुरक्षित बन्न आग्रह गरौं ! सबैले आ- आफ्नो ठाउबाट आफू सक्षम , अब्बल , बौद्धिक साबित गरौं ! हामिहरू जो जहाँ जहाँ छौ ! त्यहीं त्यही धैर्यपूर्वक रहने छौ। एस महामारिको समयमा यो नै सत्य हो, यो नै ठीक हो भन्ने हुँदैन । हरेक कुराको आफ्नो ठाउँमा उत्तिकै महत्व हुन्छ ।हामी आफैँ, सुशुचित हुने, आफैँ सतर्क हुने, सामाजिक दूरी कायम राख्ने, हात धुनेलगायतका स्वास्थ्य र सरसफाइका नियमहरु पालना गर्ने गरेमा यसै पनि यो रोग नियन्त्रणमा रहन सक्छ । अहिले आम हामी नगरिकहरु बाहिर जान रुची देखाउने र घरभित्र गैरजिम्मेवार हुने किसिमको व्यवहार गर्ने, झुण्डमा बसेको, सामुहिक खाएको, सामुहिक खेलेको, सामुहिक जिस्किएको देखिएको पाइन्छ । यो वर्तमान (कोभिड-१९) महामारीको परिस्थितिमा गलत कुनैपनी नागरिकलाइ रोग भएको रहेछ भने भित्रभित्रै रोग संक्रमण भएर उग्ररुप लिनसक्छ ! संक्रमण फैलिँदै जान पनि सक्छ, हामीले नियन्त्रणका उपायहरु कडाइको साथ नियम पालना गर्न सक्यौं भने अझै पनि नियन्त्रणमा रहन सक्छ । नियन्त्रणका उपायहरु कार्यान्वयनमा ढीलासुस्ती गरियो,भने बिरामी कहाँ हुन सक्छ भनेर परीक्षणमा ढिलाइ गरियो, भने लकडाउनको पालना न गर्ने र खुकुलो गर्दै जाने हो भने केही दिनमै आगोको फिलिङ्गोले पुरै जंगलनै डढेलो लगाएजस्तो हुनसक्छ ।हामी ढुक्क हुने स्थिति रहदैन । तर हाल धेरै बिरामी भएका पनि छैनन्, बिरामी भएका पनि गम्भीर भएका छैनन्, त्यसकारण हामीले उच्च सतर्ककासाथ काम गर्नुपर्ने स्थिति हो, । नेपाल सरकार, पर्देश सरकार र स्थानिय सरकार यस महामारीको नियन्त्रणका लागि प्रभावकारी कदमहरू चालिरहेको हामिहरूलाई अबगतै छ। हामिहरूलाई बेसन्चो भएमा वा अप्ठेरो परेमा नेपाल सरकारले यथाशीघ्र आवश्यक उपचार र सहयोग गर्ने व्यवस्था गरेको पाइन्छ।यस परिप्रेक्ष्यमा हामिहरु आत्तिनुपर्ने वा अन्योलग्रस्त हुनुपर्ने अवस्था देखिँदैन। महामारीको प्रभाव नपरेको आखिर कहाँ नै छ र ? फरक खालि धेरै-थोरैको मात्रै न हो ? हामी जहा – जहा पुगौ त्यहा सिङ्गो समाजकालागि राम बनेर पुगौ त्यहा बाट हिड्दा बिश्व महामारिको रुपमा फैलियको कोरोना भाइरस (कोभिड-१९) बिरुद्धको एक टुक्रा क्रान्ती छाडेर हिडौ , हाम्रो लडाइ महामारि बिरुद्ध आगोको लडाइ बनाऔ !

उपेन्द्र न्यौपाने
Loading
TOP