रसियामा एकैदिन १० हजार कोरोना संक्रमण पुष्टि

रसियामा एकैदिन १० हजार कोरोना संक्रमण पुष्टि

 बैशाख २१, काठमाडौँ । रसियामा कोरोना संक्रमित तिब्र गतिमा बढेको देखिएको छ । पछिल्लो अपडेट अनुसार रसियामा एकै दिन १० हजार ६३३ जना संक्रमित पुष्टि भएका छन् ।

योसंगै रसियामा संक्रमितको संख्या एक लाख ३४ हजार ६८७ पुगेको छ ।

त्यस्तै रसियामा पछिल्लो २४ घण्टामा ५८ जनाको मृत्यु भएको छ । योसंगै मृत्यु हुनेको संख्या एक हजार २८० पुगेको छ ।

रसियामा अहिलेसम्म १६ हजार ६३९ जना ठीक भएका छन् भने २ हजार ३ सय जना आइसीयुमा रहेका छन् ।

त्यस्तै अहिलसम्म विश्वभर संक्रमितको संख्या ३४ लाख ९७ हजार ८४० पुगेको छ । त्यस्तै विश्वभर मृत्यु हुनेको संख्या २ लाख ४४ हजार ९७५ पुगेको छ । त्यस्तै विश्वभर ठीक हुनेको संख्या ११ लाख २६ हजार ७०७ पुगेको छ ।

Loading
TOP