थप एक जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ६० पुग्यो

थप एक जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ६० पुग्यो

बैशाख २१, काठमाडौं । नेपालमा थप एक जनामा कोरोना भाइरस ९कोभिड(१९० को संक्रमण पुष्टि भएको छ ।

वीरगञ्ज महानगरपालिका वडा नम्बर ३ छपकैयाका ३६ वर्षीय पुरुषमा कोरोना संक्रमण फेला परेको नारायणी उप क्षेत्रीय अस्पताल स्रोतले जनाएको छ। उनको शुक्रबार स्वाब संकलन गरिएको थियो । उनी स्वयंले शंका लागेपछि पीसीआर परीक्षण गराईदिन वडा अध्यक्ष बैजुलाल स्वर्णकारलाई आग्रह गरेका थिए ।उनलाई अहिले नारायणी उपक्षेत्रीय अस्पतालको आइसोलेसनमा राखिएको छ।

वीरगंज महनगरपालिका-३ नम्बर वडा छपकैयामा सुरक्षा व्यवस्था थप कडा पारिएको छ भने त्यहाँ सिल गर्ने तयारी भएको छ। हाल वीरगंजमा १० जनालाई आइसोलेसन वार्डमा राखेर उपचार भइरहेको छ।

आज नयाँ संक्रमित थपिएसँगै नेपालमा ६० जनामा कोरोनाभाइरस देखिएको छ। त्यसमध्ये १६ जना निको भएका छन्। निको भएकामध्ये रौतहटका एक युवालाई भने फेरि अस्पताल भर्ना गरिएको छ।

Loading
TOP