नेपाली युवा दिवेश अमेरिकन आइडलको उत्कृष्ट ११ मा पुग्न सफल

नेपाली युवा दिवेश अमेरिकन आइडलको उत्कृष्ट ११ मा पुग्न सफल

२२ वैशाख, काठमाडौं । नेपाली युवा दिवेश पोख्रेल ९अर्थरगन० रियालिटी शो अमेरिकन आइडलको उत्कृष्ट ११ मा पुगेका छन् ।
अमेरिकन आइडलको लाइभ शोमा छनौट भएर उनी उत्कृष्ट ११ मा छानिएका हुन् । यस अघि टप १० छानिदै आएको भएपनि यस पटक टप ११ छानिएको अमेरिकन आइडल आयोजकले जानकारी दिएका छन् ।

अहिले कोरोनाका कारण अनलाइन फरफरमेन्स गरिएका अर्थरले ‘जोन डेन्भर’ को ‘टेक मि होम, कन्ट्री रोड्स’ बोलको गीत गाएका थिए । यो गीत पछि भोटिङ र प्रस्तुतिको आधारमा दिवेशलाई अर्को राउण्डमा लगिएको हो ।

निर्णायकले पनि घरबाटै अनलाइनमा नै प्रतियोगीको प्रस्तुति हेरेका थिए ।

टप ११ मा पुगेपछि उनले फेसबुकमार्फत आफूलाई भोट गर्ने सबैलाई धन्यवाद दिदै आगामी दिनमा पनि उत्कृष्ट प्रस्तुति दिने प्रयास गर्ने बताएका छन् ।

Loading
TOP