भारतमा कोरोनाबाट एकैदिन १९५ को मृत्यु !

भारतमा कोरोनाबाट एकैदिन १९५ को मृत्यु !

२३ वैशाख, काठमाडौं । भारतमा कोरोना भाइरसबाट पछिल्लो २४ घण्टामा एक सय ९५ जनाको मृत्यु भएको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या एक हजार पाँच सय ६८ पुगेको हो ।

सोमबार यो संख्या एक हजार तीन सय ७३ थियो । त्यस्तै संक्रमितको संख्या पनि पछिल्लो २४ घण्टामा तीन हजार नौ सयले बढेको छ । यससँगै समग्र संक्रमितको संख्या ४६ हजार चार सय ३३ पुगेको छ ।

अहिलेसम्म भारतमा १२ हजार सात सय २७ संक्रमित निको भएर घर फर्किसकेका छन् ।

Loading
TOP