पहुँचवाला हुम्ली नागरिकको उद्धार, निमुखा नेपालगञ्ज र सुर्खेतमै अलपत्र

पहुँचवाला हुम्ली नागरिकको उद्धार, निमुखा नेपालगञ्ज र सुर्खेतमै अलपत्र

२३ वैशाख, हुम्ला । विभिन्न ठाँउमा अलपत्र परेका हुम्लाका १२ सय नागरिक हवाई र स्थलमार्गबाट उद्धार गरिएको छ। गत वैशाख १८ देखिहाल सम्म १२ सय २३ जना हुम्ली नागरिकलाई स्थलमार्ग र हवाई माग हुदै उद्धार गरिएको छ।

पहुँचवाला नागरिक हुम्ला जिल्ला पुगेपनि निमुखा गरिब जनता नेपालगञ्ज र सुर्खेतमै अलत्रप परेका छन्। हवाई जहाजमार्फत वैशाख २० र २१ गते १ सय ७७ जना पुरुष, १ सय ३९ जना महिला र १६४ बालबालिका गरी जम्मा ४ सय ८० जना नेपालगञ्ज र सुर्खेतबाट उद्धार भएको जिल्ला प्रहरी कार्यालयको तथ्यांकमा उल्लेख छ।

जिल्ला प्रहरी कार्यालय हुम्लाका अनुसार स्थलमार्ग गाडीबाट वैशाख १८ देखि ४ सय ४१ जना पुरुष, १ सय ४८ जना महिला र १ सय ५४ जना बालबालिका गरी जम्मा ७ सय ४३ जना नागरिक हुम्ला जिल्ला भित्रिएका छन्।

वैशाख २० र २१ दुई दिन निजी कम्पनीहरुका जहाजहरुले हुम्ली नागरिक ओसारे पनि पहुँचवालाले पहिला टिकट पाएपछि गरिब निमुखा नागरिक नेपालगञ्ज र सुर्खेतमै अलपत्र परेका हुन्।

अहिले कर्णाली प्रदेशको छिमेकी जिल्ला बाँकेको नेपालगञ्जमा कोरोना संक्रमितको संख्या बढेपछि निजी एयरलाईन्स कम्पनीले उडान भर्न छोडेपछि उनीहरु नेपालगञ्ज र सुर्खेतम थन्किन बाध्य भएका छन्।

यसैबीच, जिल्ला विपद् व्यवस्थापन समिति सोमबार बसेको बैठकले एक स्थानीयबाट अर्को स्थानीय तह र एक गाउँबाट अर्को गाउँ जान पुर्ण रुपमा बन्द गरी लकडाउनलाई मजबुत बनाउने निर्णय गरेको छ।

कर्णाली प्रदेको छिमेकी प्रदेश नम्बर ५ को नेपालगञ्ज क्षेत्रमा कोरोना संक्रमितको संख्या बढेपछि हुम्ला जिल्ला पनि जोखिम हुने भन्दै जिल्ला एकसाताको लागि सिल गरिएको प्रमुख जिल्ला अधिकारी बिनिता भट्टराईले जानकारी दिइन्।

Loading
TOP