भारतमा कोरोनाबाट एक हजार ६९४ जनामो मृत्यु

भारतमा कोरोनाबाट एक हजार ६९४ जनामो मृत्यु

२४ वैशाख, काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड-१९) बाट संक्रमित हुनेको संख्या ४९ हजार नाघेको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म संक्रमित हुनेको संख्या ४९ हजार तीन सय ९१ पुगेको हो । पछिल्लो २४ घण्टामा भारतमा दुई हजार नौ सय ५८ नयाँ संक्रमित थपिएका हुन् । अघिल्लो दिन भारतमा तीन हजार नौ सय नयाँ संक्रमित थपिएका थिए ।

त्यस्तै भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या पनि एक हजार ६९४ पुगेको छ । पछिल्लो २४ घण्टामा भारतमा एक सय २६ जनाको मृत्यु भएको हो । अघिल्लो दिन मृत्यु हुनेको संख्या १९५ थियो ।

अहिलेसम्म भारतमा १४ हजार १८३ संक्रमित निको भएर घर फर्किसकेका छन् ।

Loading
TOP