कोरोनालाई जितेर डिस्चार्ज भए ६ जना संक्रमित

कोरोनालाई जितेर डिस्चार्ज भए ६ जना संक्रमित

२४ वैशाख, विराटनगर । कोरोना भाइरस (कोभिड-१९) संक्रमणपछि विराटनगरको कोशी अस्पतालमा उपचार गराइरहेका ६ जना भारतीय नागरिक निको भएर डिस्चार्ज भएका छन् ।

पछिल्लो पटक लगातार गरिएको तीनवटा परीक्षणमा रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई बुधबार ९आज० विहान डिस्चार्ज गरिएको हो ।डिस्चार्ज गरिएका सबै भारतीय नागरिक हुन् । अस्पताल परिसरमा प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले विदाइ गरे । डिस्चार्ज भए पनि उनीहरुलाई अझै एकसाता विराटनगरमै स्वास्थ्यकर्मीको निगरानीमा राखिनेछ । डिस्चार्ज हुने सबैलाई प्रदेश एक सरकारले विराटनगरको रानीस्थित एक मस्जिदमा क्वारेन्टाइनमा राख्ने निर्णय गरेको छ ।

वैशाख ५ र ६ गते उदयपुरको त्रियुगा नगरपालिका–३ भुल्केको एक मस्जिद बसेका १३ जनामा कोरोना संक्रमण देखिएपछि विराटनगर उपचारका लागि ल्याइएको थियो । तिमध्ये ६ जना निको भएका हुन् । कोशी अस्पतालकी मेडिकल सुप्रिटेन्डेन्ट डा।संगीता मिश्राका अनुसार अस्पतालमा उपचारार्थ भर्ना भएका बाँकी सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

प्रदेश एकमा हालसम्म उदयपुरबाट २१ जना, झापाका दुई र भोजपुरबाट १ गरी कुल २५ जना कोरोना संक्रमितको उपचार भइरहको छ ।

Loading
TOP