२५ गते साँझ घरघरमा दीपावली गरिने

२५ गते साँझ घरघरमा दीपावली गरिने

२४ वैशाख, काठमाडौं । नेपाल‍ सरकारले वैशाख २५ गते साँझ घरघरमा दीप प्रज्वलन गर्न सबै देशबासीहरुमा आह्वान गरेको छ।

संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईका अनुसार उक्त दिन बुद्ध जयन्ती परेको र लकडाउनका कारण बुद्ध जयन्ती मनाउन नसकिएकाले प्रधानमन्त्री केपी शर्मा ओलीले साँझ घरघरमा दीपावली गर्न आग्रह गरेका हुन्।

‘बुद्ध जयन्तीसँगै कोरोनाको महामारीविरूद्ध लडिरहेका सम्पूर्ण स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको सम्मान पनि दीप प्रज्वलन गर्न आग्रह गरिएको हो,’ मन्त्री भट्टराईले भने।

यसअगाडी प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्ष २०७७ का दिन बिहान ८ बजे ‘राष्ट्रिय गान गुन्जाऔँ र बजाऔँ’ भनेर आग्रह गरेका थिए ।

प्रधानमन्त्रीको सो आग्रहसँगै नयाँ वर्षको दिन सबैले राष्ट्रिय गीत गाएर नयाँ वर्षको आरम्भ गरेका थिए । भलै त्यो कार्यक्रम एक गैरसहकारी संस्थाको कार्यक्रमा हो र यसमा देशको प्रधानमन्त्री जस्तो उच्च पदमा आसिन व्यक्ति मुछिनु हुँदैन भन्दै विरोधका स्वरहरु पनि बाहिर नआएका होइनन् ।

यसमा प्रयोग गरिएको तस्विर जीन्यूजबाट लिइएको हो

Loading
TOP