प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदहरुको कोरोना परीक्षण सुरु

प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदहरुको कोरोना परीक्षण सुरु

२५  वैशाख,  काठमाडौं। प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदहरुमा कोरोना भाइरस ९कोभिड१९० काृे संक्रमण भएरनभएको परीक्षण सुरु गरिएको छ । संसदको बजेट अधिवेशनको पूर्व संध्यामा सांसदहरुको कोरोना परीक्षण गरिएको हो। संघीय संसदको बजेट अधिवेशन शुक्रबारदेखि सुरु हुँदैछ।

राष्ट्रियसभाका सांसदको परीक्षण १० बजे गरिएको थियो भने प्रतिनिधिसभाका सांसदको परीक्षण ११ बजे सुरु गरिएको थियो। संसद भवन नयाँ बानेश्वरस्थित ल्होत्से हलमा सांसदहरुको कोरोना परीक्षण गरिएको थियो।

संघीय संसद भवनकै ल्होत्से हलमा कोरोना परीक्षणको व्यवस्था मिलाइएको सूचना अधिकारी दशरथ धमलाले जानकारी दिए । एकै दिनमा स्वाब संकलन गरिसक्ने सचिवालयको लक्ष्य छ ।

सांसदहरुको परीक्षण गरिसकेपछि कर्मचारी, मर्यादापालक र पत्रकारको स्वाब संकलनको प्रवन्ध मिलाइने सूचना अधिकारी धमलाले जानकारी दिए ।

Loading
TOP