नेकपा स्थायी कमिटीको बैठक टर्‍यो, २ जेठमा सरकारको नीति तथा कार्यक्रम

नेकपा स्थायी कमिटीको बैठक टर्‍यो, २ जेठमा सरकारको नीति तथा कार्यक्रम

२५  वैशाख,  काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले २ जेठमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएकि छिन् । आगमी बर्षको नीति तथा कार्यक्रम ल्याउन सरकारले संसद बैठक आह्वान गरिसकेको छ । २ जेठमा नीति तथा कार्यक्रम ल्याउने नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले बताए ।

नीति तथा कार्यक्रमपछि सरकारले बजेटको तयारी थाल्ने भएको छ । २८ जेठदेखि प्रिबजेटको तयारी गरिएको नेम्वाङले बताए । सरकारले नीति तथा कार्यक्रम र बजेट ल्याउने मिति घोषणा गरेपछि सत्तारुढ दल नेकपाको स्थायी कमिटी बैठक लगभग नबस्ने भएको छ । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा स्थायी कमिटीको बैठक बजेटपछि गर्ने बताएका थिए ।

शु्क्रवारबाट शुरु हुन लागेको संसद बैठकका लागि कुर्सीहरु तयारी गरिएको छ । कोरोना संक्रमणका कारण सांसदहरुलाई अलग अलग राख्ने तयारी गरिएको छ । यही बैठकमा सरकारले नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्ने भएको छ । १५ जेठमा बजेट ल्याउनु पर्ने चाप पनि बजेटमा छ ।

Loading
TOP