स्थानीय तहद्वारा सवारी दुरुपयोग

स्थानीय तहद्वारा सवारी दुरुपयोग

२५  वैशाख,  कञ्चनपुर । यतिबेला विश्वभरी कोरोना भाईरस ९कोडिभ १९० को संक्रमणले विश्व आक्र्रान्त बनाएको छ । दक्षिण एसियाका नेपाल भारत लगायतका मुलुकमा कोरोना रोकथामका लागि लकडाउन गरिएको छ ।
संसारभरीको मानव जगत कोरोना भाईरसबाट कसरी बाँच्ने भन्ने चिन्तामा छन, सरकारले आफ्ना नागरिक कसरी सुरक्षित पार्ने रणनीतिमा जुटिरहेका बेला कञ्चनपुरका केही स्थानीय सरकार कोरोनाबाट कसरी जनताको सुरक्षा गर्ने भन्दा पनि व्यापारीको कारोबार बृद्धि गर्न लागि परेका छन् ।

महाकाली नगरपालिकाले स्थानीय नागरिकका दैनिक समस्या भन्दा व्यापारीको समस्या प्राथमिकतामा राख्दै व्यवसायिक समान ढुवानीका लागि टिप्पर प्रयोग गरेको पाईएको छ । महाकाली नगरपालिले केही व्यवसायीलाई समान ढुवानीका लागि गाडी र कर्मचारी उपलब्ध गराएको पाईन्छ । बुधबार मात्रै नगरपालिकाको म १ ग २६ नम्बरको टिप्परमा तीन व्यवसायीका समान ढुवानी गरेको पाईएको हो । उक्त सवारी साधनमा खाद्यान्न भन्दा पनि किराना पसलका समान ढुवानी गरिएको थियो । नगरपालिका स्रोतका अनुसार बच्चाले खाने पदार्थदेखि मलखादसम्म ढुवानी गरिएको थियो । नमकिन, चाउचाउ, बिस्कुट, स्याम्पु, लककेट, कुरमुरे, लगायतका व्यवसायीक समान ढुवानी गरिएको छ ।

नगरपालिकाको समान र किसानका लागि भन्दा पनि नितान्त केही व्यवसायीको समान भएको नगरपालिका स्रोतले बताएको छ । ‘न नगरपालिकाको समान न किशानको हाम्रो नितान्त केही व्यवसायीको समान ढुवानी गरिएको छ, ‘ति नगरपालिका स्रोतले भने, ‘यतिसम्मकी नगरपालिकाले व्यापारीको समान ढुवानीका लागि कर्मचारी समेत प्रयोग गरेका छन् ।’

महामारीमा बेला किसान, नगरपालिका भन्दा कारोबार गर्ने पैशा कमाउने पहुँचवाला व्यवसायीको समान ढुवानी गरेपछि नगरपालिका भित्र नेतृत्वको कटाक्ष चलिरहेको छ । भने नगरकै व्यवसायीहरुले पनि उक्त कार्यको बिरोध गरेका छन् । केहीलाई काखा केहीलाई पाखा लगाएर नगरपालिकाले सवारी साधन दुरुपयोग गरेको व्यवसायीको आक्रोस छ ।
‘पहुँच र शक्ति हुनेहरुले सरकारी साधनको जसरी पनि दुरुपयोग गर्न सकिदो रहेछ, ‘नगरपालिका स्रोतले भन्यो, ‘किसानका लागि खेतिपातीका समान ढुवानी गरेको भएपनि जस त पाईन्थ्यो ।’

नगरपालिका स्रोतका अनुसार व्यवसायीको समान ढुवानीका लागि सरकारी साधन प्रयोग भएपछि बाटोमा कुनै अबरोध नआउने भएकाले व्यवसायीले यस्तो जुक्ति प्रयोग गरेको हो । महाकाली नगरपालिकाले भने किसानको अनुरोधमा समान ल्याएको जनाएको छ ।

महाकाली नगरपालिकाका मेयर बीर बहादुर सुनारले लकडाउनका बेला खाली थन्किएका सवारी साधनलाई भाडाँमा लगाएको बताए । ‘हाम्रो नगरमा खाद्यान्न लगायतका थुप्रै दैनिक उपभोग्य समानको अभाव भएको छ, ‘मेयर सुनारले भने, ‘समान ल्याउन भारत जान मिल्दैन्, नेपालबाट ल्याउँन हामीले टिप्पर भाडामा लगाएका हौँ, उनीहरुले अग्रीम पैशा जम्मा गरेका छन् ।’ व्यवसायीको समान ढुवानी नगरेको दावि गदैै मेयर सुनारले खाद्यान्न,मलखाद लगायत अत्यावश्यक समान मात्रै ढुवानी गरेको बताए ।

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले विकास निर्माणका ४३ योजना कार्यान्वयनका लागि अनुमति दिएकै समयमा विकास निर्माणको काममा प्रयोग हुनुपर्ने उक्त सरकारी सवारी साधन व्यवसायिक समानमा दुरुपयोग भएपछि स्थानीयले समेत बिरोध गरेका छन् ।

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नूरहरी खतिवडाले सरकारी सवारी साधन भाडाँमा दिनै नमिल्ने बताए । ‘विशेष परिस्थितिमा अनौपचारिक निर्णय गरेर ढुवानीमा प्रयोग गरेको भए, त्यसमा हामीले भन्नुकेही छैन, ‘प्रजिअ खतिवडाले भने, ‘निर्णयबिनै आफुखुसी सरकारी सवारी साधन समान ढुवानी गर्न पाईदैन् ।’

लकडाउनका बेला सरकारी सवारी साधन व्यक्ति व्यवसायीले कारोबार गर्ने हिसाबले नगरपालिकाले दुरुपयोग गरेपछि स्थानीय एव राजनीतिक दलले समेत बिरोध गरेका छन् । लकडाउनका बेला सम्पूर्ण व्यापार व्यवसाय बन्द गर्ने भनिएपछि महाकाली नगरपालिका व्यवसायीका समान ढुवानी गर्न थालेपछि नगरपालिका नै लकडाउन उलङघनमा सकृय रहेको समेत केही स्थानीयको बुझाईछ ।

Loading
TOP