स्वीस सरकारले दिएको ३० हजार पिसिआर किट साँझसम्म नेपाल आउने

स्वीस सरकारले दिएको ३० हजार पिसिआर किट साँझसम्म नेपाल आउने

२५ वैशाख, काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या बढ्दै जाँदा परीक्षणको दायरा पनि बढाउन विज्ञले सुझाव दिँदै आइरहेका छन्। तर कोरोना परीक्षणका लागि आवश्यक पिसिआर किट अभाव हुँदा देशका धेरै प्रयोगशालामा परीक्षण रोकिएको छ।

किटको अभाव भइरहेको समयमा बिहीबार साँझसम्ममा नेपालमा ३० हजार पिसिआर किट र त्यतिकै परिणाममा आरएनए एक्सट्रयाक्टस किट आइपुग्ने भएको छ। नेपालय एयरलायन्सको जहाजबाट साँझसम्म ती किट नेपाल आइपुग्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ डा रोशन पोखरेलले जानकारी दिए।

यी किट स्वीजरल्याण्ड सरकारले सहयोग स्वरुप नेपाललाई उपलब्ध गराएको हो। केही दिनदेखि ती किट सिंगापुरमा अड्किएको थियो। अष्ट्रेलिया पुगेको नेपाल एयरलयान्सको जहाजले ती किट नेपाल ल्याइरहेको छ।

सिंगापुरबाट किट बोकेर जहाज मलेसियामा आएको र त्यहाँबाट नेपाल आउने बताइएको छ।

पछिल्लो समय आरडिटी कीटभन्दा पिसिआर परीक्षण बढाउनुपर्ने माग उठिरहेको छ। तर, विश्वमै अभाव भइरहेको कीट नेपालमा पनि अभाव छ।

विभिन्न सप्लार्यसले सिगांपुर, चीन, मलेसियामा रहेको कीट रहेको तर उडान नभएकाले ल्याउन नसकेको बताएका छन्।

उनीहरुले सरकारले ती देशमा रहेको कुटनीतिक नियोगहरुलाई सक्रिय बनाइ हवाइ उडानको व्यवस्था गरिदिनुपर्ने बताइरहेका छन्।

Loading
TOP