ह्वाइटहाउसमा हरेक दिन कोरोना टेस्ट गरिदै

२६ वैशाख, काठमाडौँ । अमेरिकाको राष्ट्रपति कार्यालयमा हरेक दिन कोरोनाको टेस्ट शुरु गरिएको छ ।
राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइटहाउसमा टेस्टको दायरा बढाइने जानकारी गराएका छन् ।

ट्रम्प प्रशासनमा काम गर्ने एक सहायक कर्मचारीमा कोरोना पोजेटिभ देखिएपछि अब हरेक दिन कोरोना टेस्ट गरिने निर्णय गरिएको हो ।

ट्रम्पले आफु र उपराष्ट्रपति माइक पेन्सको समेत टेस्ट गरिएको बताएका छन् । उनले भने संक्रमित व्यक्तिसँग मेरो सम्पर्क कम थियो, तर पनि मैले टेस्ट गरे र टेस्ट निगेटिभ आयो ।

यस अघि ह्वाइटहाउसमा काम गर्ने पूर्व आर्मी सदस्य कोरोना संक्रमित भएका थिए ।

सिएनएनले भने संक्रमित व्यक्ति राष्ट्रपति ट्रम्पकै एक निजी सेवक रहेको उल्लेख गरेको छ ।

Loading
TOP