अमेरिकामा रोकिएन कोरोना, मृत्यु हुनेको संख्या ७६ हजार नाघ्यो

अमेरिकामा रोकिएन कोरोना, मृत्यु हुनेको संख्या ७६ हजार नाघ्यो

२६ वैशाख, काठमाडौँ । अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको र संक्रमितको संख्या बढेको देखिएको छ ।

पछिल्लो २४ घण्टामा अमेरिकामा २ हजार ९० जनाको मृत्यु भएको देखिएको छ ।

अहिलेसम्म अमेरिकामा मृत्यु हुनेको संख्या ७६ हजार नाघेको छ । पछिल्लो अपडेट अनुसार अमेरिकामा ५० वटै राज्यमा गरि मृत्यु हुनेको संख्या ७६ हजार ९०५ पुगेको छ ।

त्यस्तै गरि पछिल्लो २४ घण्टामा अमेरिकामा २९ हजार २२ संक्रमित पुष्टि भएको छ । योसँगै अमेरिकामा संक्रमितको संख्या १२ लाख ९२ हजार ११४ पुगेको छ ।

त्यस्तै अमेरिकामा अहिलेसम्म २ लाख १६ हजार ८३० जना ठिक भएका छन् । त्यसैगरी अमेरिकामा १६ हजार ९९५ जनाको आइसीयुमा उपचार भइरहेको छ ।

अमेरिकामा अहिलेसम्म न्युयोर्कमा मात्र मृत्यु हुनेको संख्या २६ हजार नाघेको छ । न्युयोर्कमा २६ हजार ३६५ जनाको मृत्यु भएको छ । त्यस्तै न्युयोर्कमा संक्रमितको संख्या ३ लाख ३७ हजार ४२१ जना संक्रमित भएका छन् ।

त्यस्तै न्यूजर्सीमा ८ हजार ८३४ जनाको मृत्यु भएको छ भने न्यूजर्सीमा अहिलेसम्म एक लाख ३४ हजार ९८६ जना संक्रमित भएका छन् ।

त्यस्तै मसाचुसेट्समा ४ हजार ५५२ जनाको ज्यान गएको छ ।

त्यस्तै मिचिगनमा ४ हजार ३४३, पेन्सिलभेनियामा ४ हजार ५९२, इलिनियोइसमा ३ हजार १११, कोनेक्टीकटमा २ हजार ७९७, क्यालिफोर्नियामा २ हजार ५३१, लुसियानामा २ हजार २०८ जना, फ्लोरिडामा एक हजार ६ सय, मेरिल्याण्डमा एक हजार ५०३, इन्डियानामा एक हजार ४१४, जर्जियामा एक हजार ३४०, ओहियो एक हजार २७४ र टेक्सासमा एक हजार २७ जनाको मृत्यु भएको छ ।

Loading
TOP