बेलायतका प्रधानमन्त्री बोरिस जोनसनको डिभोर्स !

बेलायतका प्रधानमन्त्री बोरिस जोनसनको डिभोर्स !

२६ वैशाख, काठमाडौँ । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले प्रधानमन्त्री पदमा हुदै आफ्नी पत्नीसँग डिभोर्स लिएर नयाँ किर्तिमान बनाएका छन् ।

बेलायतको २५० बर्षको इतिहासमा जोनसन प्रधानमन्त्री रहेकै बेला डिभोर्स लिने पहिलो प्रधानमन्त्री बनेका हुन् । जोनसनले यस अघि आफ्नी पत्नी मरीना व्हीलरसँग डिभोर्सका लागि दिएको निवेदन स्वीकृत भएको हो ।

डिभोर्सको निवेदन स्वीकृत भएसँगै जोनसनले आफ्नी प्रेमिका केरी साइमन्ड्ससँग विवाह गर्ने बाटो खुलेको छ ।

गत फेब्रुअरीमा डिभोर्सको निवेदन दिना साथ प्रधानमन्त्री जोनसनले आफ्नी प्रेमिकासँग इन्गेजमेन्ट गरेको घोषणा गरेका थिए । ३२ बर्षिय केरी गएको जुलाई देखि नै प्रधानमन्त्री जोनसनसँग बेलायतको प्रधानमन्त्री बस्ने डाउनिंग स्ट्रीटमा बस्दै आएकी छन् । गएको बुधबार नै केरीले एक छोरालाई जन्मदिएकी छन् ।

डेली मिररका अनुसार बच्चाको जन्महुनु अघि मात्र मरीनासँग डिभोर्सको निवेदन स्वीकृत भएको हो ।

मरिना जोनसनकी दोस्रो पत्नी हुन् । पेशाले वकिल रहेकी मरीना र जोनसनका चार बच्चा रहेका छन् ।

त्यस्तै जोनसनले पहिलो विवाह एलेग्रा मोस्टिन क्वेनसँग गरेका थिए । उनले सन १९८७ मा क्वेनसँग विवाह गरेका थिए भने सन १९९३ मा डिभोर्स गरेका थिए ।

सन १७६९ मा अगस्टस फिटजराय पछि प्रधानमन्त्री पदमा रहदा नै डिभोर्स गर्ने पहिलो प्रधानमन्त्री बनेका छन् ।

Loading
TOP